
क्यान्सरको परिभाषा
क्यान्सर भनेको यस्तो रोग हो जसमा शरीरका केही कोषिकाहरू अनियन्त्रित रूपमा बढ्छन् र शरीरका अन्य भागहरूमा समेत फैलिन्छन्।
क्यान्सर मानिसको शरीरको लगभग जुनसुकै भागबाट सुरु हुन सक्छ। हाम्रो शरीर खरबौँ कोषिकाबाट बनेको हुन्छ। सामान्यतया, कोषिकाहरू आवश्यकता अनुसार बढ्छन् र बाँडिन्छन् (यसलाई cell division भनिन्छ)। पुराना वा बिग्रिएका कोषिकाहरू मर्छन् र तिनीहरूको ठाउँमा नयाँ कोषिकाहरू आउँछन्।
तर कहिलेकाहीँ यो क्रमबद्ध प्रक्रिया बिग्रिन्छ। असामान्य वा बिग्रिएका कोषिकाहरू अनावश्यक रूपमा बढ्न थाल्छन्। यी कोषिकाहरूले tumor (गाँठो) बनाउन सक्छन्।
- Tumor दुई प्रकारका हुन्छन् – क्यान्सर हुने (malignant) र क्यान्सर नहुने (benign)।
👉 Cancerous tumor (malignant tumor):
- छेउका अंगहरूमा पस्याएर बढ्छन्,
- शरीरका टाढा भागहरूमा फैलिन्छन् र नयाँ tumor बनाउँछन् (metastasis)।
धेरै क्यान्सरमा ठोस tumor बन्छ, तर रगतको क्यान्सर (जस्तै leukemia) मा भने tumor बन्ने गर्दैन।
👉 Benign tumor:
- शरीरका अरू अंगहरूमा फैलिँदैन,
- काटेर हटाइएपछि प्रायः फेरि आउँदैन।
तर कहिलेकाहीँ यस्ता tumor पनि ठूलो हुन सक्छन्, र केही अवस्थामा गम्भीर समस्या वा ज्यान नै जोखिममा पार्न सक्छन् (उदाहरण: दिमागभित्र benign tumor)।
क्यान्सर कोषिका र सामान्य कोषिकाबीचका फरकहरू
क्यान्सरका कोषिकाहरू सामान्य कोषिकाभन्दा धेरै तरिकाले फरक हुन्छन्, जस्तै :
- सामान्य सन्देश बिना नै बढ्छन्, जबकि सामान्य कोषिका आवश्यक सन्देश पाएपछि मात्र बढ्छन्।
- रोक्ने वा मर्ने सन्देशलाई बेवास्ता गर्छन्, जसलाई सामान्यतया programmed cell death (apoptosis) भनिन्छ।
- छेउका भागहरूमा पसेर बढ्छन् र शरीरका अन्य भागमा फैलिन्छन्। सामान्य कोषिका भने छेउका कोषिकामा पुग्दा बढ्न रोकिन्छन्।
- Tumor तर्फ नयाँ रगत नली (blood vessels) बनाउन लगाउँछन्, जसले tumor लाई अक्सिजन र पोषण पुर्याउँछ।
- प्रतिरक्षा प्रणाली (immune system) बाट लुकेर बस्छन्। सामान्यतया प्रतिरक्षा प्रणालीले बिग्रिएका वा असामान्य कोषिका हटाउँछ।
- कहिलेकाहीँ प्रतिरक्षा प्रणालीलाई नै धोका दिँदै tumor को सुरक्षा गर्न लगाउँछन्।
- Chromosome मा असामान्य परिवर्तन गर्छन् (जस्तै भाग मेटिनु वा दुई गुणा बढ्नु)।
- सामान्य कोषिकाभन्दा फरक पोषण स्रोत प्रयोग गर्छन्, र पोषणबाट उर्जा निकाल्ने तरिका पनि फरक हुन्छ। यसले गर्दा ती छिटो बढ्न सक्छन्।
धेरैपटक क्यान्सरका कोषिकाहरू यी असामान्य तरिकामै भर पर्छन्। त्यसैले वैज्ञानिकहरूले यिनै कमजोरीलाई लक्षित गरेर उपचार बनाएका छन्।
उदाहरणका लागि, केही उपचारहरूले tumor तर्फ रगत नली बन्न नदिई tumor लाई आवश्यक पोषणबाट वञ्चित गरिदिन्छन्।
जिनले कोषिका कस्तो गरी काम गर्ने भनेर निर्देशन दिन्छ। तर कहिलेकाहीँ यी जिनमा परिवर्तन हुन्छन्। जसले गर्दा:
- कोषिका रोकिनुपर्ने बेला नरोकी बढ्छन् र बाँडिन्छन्,
- वा मर्नुपर्ने बेला नमरी बाँकी रहन्छन्।
यस्ता असामान्य कोषिकाहरू क्रमशः जम्मा हुँदै क्यान्सर बन्न जान्छन्।